काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरेको बम्पर लाभांश सुरक्षित गर्ने आज मंसिर १५ गते अन्तिम मौका रहेको छ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले भोलि मंसिर १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ५० प्रतिशत लाभांश प्रस्तावत गरेको छ। जसमा ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २.५ प्रतिशत नगद लाभांश रहेका छन्।
संस्थाले यही मंसिर २२ गते आफ्नो चौथो वार्षिक साधारणसभा डोकेको छ। सोही सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago