काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा संस्थाले ५८ लाख २८ हजार खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ७८.२७ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
संस्थाको सञ्चालन मुनाफा पनि अघिल्लो वर्षको तुलनामा ७८.६८ प्रतिशतले घटेर ८३ लाख २६ हजार रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्षमा संस्थाले ३ करोड ९० लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो।
प्रथम त्रैमासमा संस्थाले ७ करोड ३३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ७ करोड ६७ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा संस्थाले २ अर्ब ५७ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ अर्ब ७४ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।
चुक्तापुँजी २८ करोड २१ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार १२.५ प्रतिशतले घटेर १८ करोड ६० लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष रिजर्भमा २१ करोड २६ लाख रुपैयाँ थियो।
संस्थाको एनपीएलमा सामान्य सुधार आउँदै २.२३ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष एनपीएल २.४२ प्रतिशत थियो।
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८.२६ रुपैयाँ, पीई रेसयो १२८.४१ गुणा र प्रतिसेयर नेटवर्थ २१५.६६ रुपैयाँ रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19