काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता ६ सय रुपैयाँ भन्दा बढीमा कारोबार भइरहेको मिथिला लघुवित्त वित्तीय संस्था लिमीटेडले आगामी माघ १७ गतेदेखि २ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ। 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख २९ हजार ८ सय ८९.६९ कित्ता हकप्रद निश्कासन गर्ने भएको हो । 

हकप्रदमा फागुन २२ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम काठमाण्डौ क्यापिटल मार्केट लिमीटेडले गर्नेछ । 

इच्छुक सेयरधनीले मिथिला लघुवित्तका सबै शाखा, काठमाण्डौ क्यापिटल तथा आस्वा सेवा संचालनको अनुमति पाएका सबै बैंक तथा बित्तीय संस्थाबाट वा मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् ।

हकप्रद प्रयोजनका लागि कम्पनीले माघ १ गते बुक क्लोज गरेको थियो । यसको अर्थ पुस मसान्तसम्म कायम कम्पनीका सेयरधनीले मात्र हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।

यो माइक्रोफाइनान्स कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट आफन लगानीकर्तालाई १०.४५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरिसकेको छ । ५० प्रतिशत हकप्रद र १०.४५ प्रतिशत बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी बढेर १० करोड ५९ लाख पुग्नेछ ।