काठमाण्डौ । माछापुच्छे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफातर्फ अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४२.६४ प्रतिशतको प्रगति हासिल गरेको छ । 

बंैकले आइतबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १७ करोड ३१ लाख खुद नाफा रहेकोमा चालु आबमा २४ करोड ६९ लाख नाफा पुगेको हो । 

माछापुच्छे बैंकको खुद ब्याज आम्दानी पनि राम्रै ढंगले बढेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ८२ करोड ४७ लाख रुपैयाँ रहेकोमा यो वर्ष खुद ब्याज आम्दानीमा वृद्धि भई १ अर्ब ३ करोड पुगेको हो ।

यो बैंकको चुक्तापुँजी ४ अर्ब ६६ करोड रुपैयाँ र सञ्चित कोषमा ९२ करोड ७ लाख रुपैयाँ रहेको छ । 

बैंकले ५८ अर्ब १३ करोड निक्षेप संकलन गरी ४९ अर्ब ८७ करोड कर्जा प्रवाह  गरेको छ । अघिल्लो वर्ष बैंकले ४४ अर्ब ७० करोड निक्षेप संकलन गरी ३६ अर्ब ४६ करोड कर्जा प्रवाह गरेको छ । 

निस्क्रिय कर्जाको दर(एनपीएल रेट) भने केही बढेको छ । अघिल्लो आर्थिक वर्र्षको पहिलो त्रैमासमा ०.४७ प्रतिशत रहेको एनपीएल यो वर्ष बढेर ०.५४ प्रतिशत पुगेको हो।

यो बैंकको प्रतिसेयर आम्दानी २१.१७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११९.७३ रुपैयाँ र मुल्य आम्दानी अनुपात २१.६५ गुणा कायम भएको छ ।