काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व एवं भोजपुर कोट सेवा समाज र कोटवासीहरुको सक्रियतामा खरिद गरिएको एम्बुलेन्सलाई माछापुच्छ्रे बैंक र भोजपुर कोट सेवा समाजले संयुक्त कार्यक्रम आयोजना गरी साउन १९ गते हस्तान्तरण गरिएको छ । 

सो कार्यक्रममा बैंकका तर्फबाट सञ्चालकद्वय जयमुकुन्द खनाल र राममान श्रेष्ठले भोजपुर कोट सेवा समाजका अध्यक्ष राजबहादुर राईर टेम्केमैयुङ गाउँँपालिका वडा नं. ७ का वडाध्यक्ष श्री उद्धव कुमार राईलाई एम्बुलेन्सको चाँबी हस्तान्तरण गरे । 

सो कार्यक्रममा एम्बुलेन्स खरिद गर्न आर्थिक सहायता गर्ने स्थानीयहरुलाई समेत कदरपत्र तथा खादाद्वारा सम्मान गरिएको थियो ।

बैकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउण्टरहरु लगायत २१ शाखारहित बैकिङ्ग  सेवा समेत गरी  जम्मा १०९ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा  प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।