काठमाण्डौ । माछापुच्छ्रे बैंकले भक्तपुरकी बिन्दिना त्यातलाई स्मार्ट बचत खाताको बीमा अन्तर्गत रु. ४३ हजार ८ सय ८६ भुक्तानी गरेको छ ।
त्यातले ३ महिनाअघि माछापुच्छ्रे बैंकको भक्तपुर शाखामा स्मार्ट बचत खाता खोलेकी थिइन् । रु. ५ हजार न्यूनतम मौज्दात राखी खोल्न मिल्ने स्मार्ट बचत खातामा ग्राहकहरुले रु. ५ लाख सम्मको दुर्घटना बीमा, रु. १ लाखसम्मको अस्पताल भर्ना खर्च र रु. ५ हजार सम्मको औषधी खर्च जस्ता सुविधाहरु निःशुल्क पाउँदै आएका छन् ।
स्मार्ट बचत खाता खोलेकी त्यातले अस्पताल भर्ना खर्चको दाबी गरी उक्त रकम प्राप्त गरेकी हुन् । त्यातले आफ्नो उपचार खर्च बैंकबाट फिर्ता पाएकोमा विश्वास नै नलागेको बताइन् ।
माछापुच्छ्रे बैंकले अब बचत खातामा प्रदान गर्दै आएको ब्याजदर वृद्घि गरी ७ प्रतिशत पुर्याएको छ । बैंकले विभिन्न बचत खाताहरुमा ५ देखि अधिकतम ७ प्रतिशतसम्म ब्याज प्रदान गर्ने जनाएको छ ।
ग्राहकहरुले स्मार्ट बचत खाता तथा तलब व्यवस्थापन खातामा ७ प्रतिशत ब्याजदर पाउन सक्नेछन् । यो व्यवस्थासँगै ग्राहकहरुले बैंकले प्रदान गर्दै आएका अन्य सुविधा सहित आफ्नो बचतको उच्चतम प्रतिफल पाउने भएका छन् । मुद्दती निक्षेपमा पनि बैंकले १०.५ प्रतिशतसम्मको उत्कृष्ट ब्याजदर दिदैं आएको छ ।
बैंकले स्मार्ट बचत खोलेबापत ग्राहकहरुलाई निःशुल्क इन्टरनेट बैंकिङ्ग, निःशुल्क एमबिएल मोबाईल मनि, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो शेयर सुविधा, निःशुल्क डेबिट/क्रेडिट कार्ड, निःशुल्क सि–आश्वा सुविधा र निःशुल्क अन्तरशाखा कारोबार जस्ता स्मार्ट सुविधाहरु समेत प्रदान गर्दै आएको छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्सटेन्सन काउण्टरहरु लगायत २८ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ११६ स्थानबाट बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago