काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले चितवन र गोरखामा ४ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । 

बैंकले चितवनको इच्छाकामना गाँउपालिका(हातीवाङ्ग), गोरखाको गण्डकी गाउँपालिका, गोरखाको गोरखा नगरपालिका (छेपेटार) र गोरखाकै पालुङटार नगरपालिकामा थप ४ शाखारहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

योसहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ३७ शाखारहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । 

ग्राहक सेवा केन्द्रको रुपमा संचालित ती शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्सटेन्सन काउण्टरहरु लगायत ३७ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा १२५ स्थानबाट ग्राहकमा सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १०१ वटा एटीएमहरु सञ्चालनमा छन् ।