काठमाण्डौ । माछापुच्छ्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । 

सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुमन शर्मा तथा सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले केन्द्रीय कार्यालयलगायत मुलुकभरका शाखा कार्यालयहरूबाट सहज रूपमा सानिमा जनरल इन्स्योरेन्सको बीमा सेवाहरु प्राप्त गर्नसक्ने बैंकले जनाएको छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्सटेन्सन काउन्टरहरु लगायत ३८ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा १२६ स्थानबाट ग्राहकमा सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १०५ वटा एटीएमहरु सञ्चालनमा छन् ।