काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कात्तिक १५ गते एकैदिन विभिन्न तीन स्थानमा ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण कार्यक्रम सञ्चालन गरेको छ।

मोरङको बेलबारीस्थित बेलबारी अपांग सेवा संघ मोरङको भवनमा सञ्चालित कार्यक्रममा २३ जना अपांगता भएका युवाको सहभागिता थियो। अपाङ सेवा संघका अध्यक्ष भोज  बहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एजेन्सी मेनेजर तथा बीमा जागरण अभियानका केन्द्रिय सदस्य सरोज पौडेल, एजेन्सी मेनेजर तथा जिल्ला संयोजक खड्ग नारायण उरावले बीमा जागरणको महत्व बारेमा मन्तव्य राखेका थिए। 

कम्पनीका उपक्षेत्रीय प्रमुख हीरा निरौलाले तालिम दिएका थिए। 

कार्यक्रममा नेत्रहीन संघ मोरङका कोषाध्यक्ष सन्तोषकुमार पंडित तथा शारीरिक अपांग संघ मोरङका उपाध्यक्ष दिनेश कोइरालाको समेत उपस्थिति थियो। 

यसैगरी म्याग्दी जिल्लाको मालिका गाउँपालिका वडा नं. ७ मा रहेको किसानी माध्यमिक विद्यालय बिमका प्लस टु का विद्यार्थीलाई ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रममा सहभागी गराइयो। शिक्षक अभिभावक संघका अध्यक्ष हर्कमान जुग्जालीको अध्यक्षतामा सञ्चालित बीमा जागरण कार्यक्रममा ७० जना विद्यार्थीको सहभागिता थियो। 

कम्पनीका कर्मचारी सुनिल पुनबाट सञ्चलित कार्यक्रममा शिक्षक केशव शर्माले स्वागत मन्तव्य तथा शर्मिला पुन, विमला लामगादे, कसम सुनार र अभियानका जिल्ला सदस्य निशा गर्वुजाले मन्तव्य राखेका थिए। सहभागी विद्यार्थीलाई कम्पनीका क्षेत्रीय प्रमुख जमुना आचार्यले तालिम प्रदान गरेका थिए। 

त्यसैगरी सोही दिन दिउँसो किसानी मावि प्राविधिक शिक्षालयमा पनि युवासँग महालक्ष्मी लाइफ बीमा जागरण कार्यक्रम सञ्चालन गरिएको थियो। प्राविधिक क्षेत्रका ८२ जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता सोही विद्यालयका संयोजक करण कँडेलले गरेका थिए। 

स्वागत मन्तव्य प्रशिक्षक प्रसन्न पोखरेलबाट गरिएको कार्यक्रममा करण कडेल, टुकमान तोगी, विद्यार्थीहरु सुस्मिता दर्जी, रोशन पुन र अभियानका जिल्ला सदस्य निशा गर्वुजाले मन्तव्य राखेका थिए। 

कम्पनीका कर्मचारी सुनिल पुनबाट सञ्चालित कार्यक्रमा महालक्ष्मी लाइफका क्षेत्रीय प्रमुख जमुना आचार्यले बीमाका बारेमा तालिम प्रदान गरेका थिए।