काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा सुनसरीको धरानस्थित सुनसरी उद्योग वाणिज्य संघको भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल १४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १३.३ प्रतिशत बोनस सेयर र ०.७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
सभाले अन्य एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने वा प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्यहरु अविलम्ब अगाडि बढाउन सञ्चालक समिति तथा यसअन्तर्गतको मर्जर समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पनि अनुमोदन गर्नेछ। मर्जर प्रक्रियामा चल–अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्नेलगायतका सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।
सोही सभाबाट सर्वसाधारण सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गरिनेछ।
सभाले गत आर्थिक वर्ष वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि बैंकले यही पुस १४ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19