काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १७ औँ वार्षिक साधारणसभा डाकेको छ।
बैंक सञ्चालक समितिको मंगलबार (पुस ५ गते) बसेको बैठकले यही पुस २७ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा सुनसरीको धरानस्थित सुनसरी उद्योग वाणिज्य संघमा बिहान ११ बजेबाट हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित चुक्तापुँजीको कुल १३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १२.३५ प्रतिशत बोनस सेयर र ०.६५५ प्रतिशत नगद लाभांश छन्।
सभाले बैंकको प्रबन्धपत्रमा आवश्यक परिमार्जन, संशोधन तथा थप गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।
अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने वा प्राप्ति गर्न आवश्यक देखिएमा सोसम्बन्धी सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका दस्तावेजहरु छलफल गरी पारित गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि बैंकले पुस १४ गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19