काठमाण्डौ । वित्तीय सूचकका हिसाबले मोफसलको निकै बलियो तीन जिल्ले विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १२ करोड ८ लाख बढी खूद नाफा आर्जन गरेको छ ।
अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकको नाफा १० करोड ४६ लाखमा सीमित थियो ।
चुक्तापूँजी ६९ करोड ३३ लाख रहेको बैंकले यो अवधिमा ६ करोड १४ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको देखिएको छ ।
समीक्षा अवधिमा बैंकले १७ करोड २५ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । यस्तो मुनाफा अघिल्लो वर्षको यही अवधिमा १४ करोड ९५ लाखमा सीमित थियो ।
बैंकको रिटेन अर्निङतर्फ भने पहिरो गएको देखिएको छ । अघिल्लो वर्ष यही अवधिमा ११ करोड ४८ लाख रहेको यस्तो अर्निङ घटेर ६ करोड २२ लाखमा सीमित बन्न पुगेको हो ।
बैंकले अघिल्लो वर्षको यही अवधिमा १९ करोड ७३ लाखमा सीमित खूद ब्याज आम्दानीलाई बढाएर २० करोड ३८ लाखको उचाईमा पुर्याएको छ ।
समीक्षा अवधिमा मितेरी डेभलपमेन्ट बैंकले ४ अर्ब ९५ करोड निक्षेप संकलन गरी ४ अर्ब २३ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ४ अर्ब ७१ करोड निक्षेप संकलन गरी ४ अर्ब ३ करोड बढी कर्जा परिचालन गरेको थियो ।
अघिल्लो वर्ष यही अवधिसम्म १४ करोड २३ लाखमा सीमित रिजर्बको आकार बढी यो वर्ष २० करोड माथि पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) २३.२३ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यही अवधिसम्म इपीएस २३.८५ रुपैयाँ थियो ।
यो अवधिसम्म बैंकको मूल्य आम्दानी अनुपात १४.२९ गुणा, प्रतिसेयर नेटवर्थ १३६.९६ रुपैयाँ, तरलता अनुपात ३५.३३ प्रतिशत र पूँजीकोष अनुपात २१.३४ प्रतिशत कायम भएको छ ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19