काठमाण्डौ । यो साता भारतीय सेयर बजारले गिरावटको मार व्यहोर्यो । बिहीबार बजारको पहिरो थामिए पनि अन्तिम कारोबार दिन शुक्रबार भने पुनः पहिरो गएको छ ।
यो दिन सेन्सेक्स करिब ५५० अंकले घट्यो भने निफ्टी १५० अंक भन्दा बढीले घट्न पुुग्यो । भारतीय सेयर बजारमा पहिरोका कारण विश्व बजारको खराब संकेतको प्रभाव मानिएको छ । भारतीय मिडियाका अनुसार सेन्सेक्स र निफ्टी १.५ प्रतिशतको गिरावटको मार व्यहोरेका छन् ।
बजारमा शुक्रबार पुनः हाहाकार मच्चिएको छ । बजार खुलेको सुरुवातको केही मिनेटमै लगानीकर्ता २.२४ लाख करोड भारु डूूबेको बताइएको छ । सेयर बजारमा बिक्रीको अधिक चाप रहेको छ । निफ्टीको सबै ५० सेयरमा रातो पोतिएको छ । मेटल तथा बैकिंग सेयरमा बिक्रीको जबरजस्त चाप देखिएको छ । मध्यम र साना कम्पनीको सेयरको बिक्रीमा पनि उस्तै चाप परेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago