काठमाण्डौ । मिर्मिरे लघुवित्तले लाभांश घोषणा गरेको छ । 

यो कम्पनीको बुधबार अपरान्ह बसेको संचालक समितिको १९४ औं बैठकले आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण पास गरी हाल कायम चुक्तापूँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३०२३३ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 

हाल यो कम्पनीको चुक्तापूँजी ३९ करोड ६१ लाख रुपैयाँ रहेको छ । यो हिसाबले लघुवित्तले ४ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर र २४ लाख ९६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।