काठमाण्डौ । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुष्करराज जोशीलाई नियुक्त भएका छन्।
संस्थाको २२१ औँ सञ्चालक समितिको बैठकले जोशीलाई सीईओमा नियुक्त गरेको हो। जोशीलाई कात्तिक ८ गतेबाट लागू हुने गरी आगामी ४ वर्षको कार्यकालका लागि नियुक्त गरिएको संस्थाले जनाएको छ।
तत्कालीन सीईओ कुमार याक्सोले स्वेच्छिक अवकाश लिएपश्चात खालि रहेको पदमा जोशीलाई संस्थाले नेतृत्व सम्हाल्ने जिम्मेवारी दिएको हो।
बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकर जोशीले कञ्चन डेभलपमेन्ट बैंक र भार्गव विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्य गरिसकेका छन्।
जोशीले पछिल्लो समयमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकमा नायब सीईओको जिम्मेवारी सम्हालेका थिए । जोशीसँग २३ वर्षभन्दा लामो अवधिको बैंकिङ अनुभव रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19