काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओमा  १२ लाख १२ हजार १०९ जनाले आवेदन दिएका छन् ।

सीडीएससीका अनुसार सोमबार साँझ ५ बजेसम्ममा  कम्पनीको एफपीओमा १ करोड ३८ लाख ८३ हजार ७३० कित्ताका लागि आवेदन परेको छ । कम्पनीले जारी गरेको एफपीओमा १ अर्ब ३८ करोड ८३ लाख ७३ हजार रूपैयाँको आवेदन परेको छ। यसअनुसार कम्पनीको एफपीओमा मागभन्दा ११२.१३ गुणा बढी आवेदन परेको छ। 

कम्पनीले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख २३ हजार ८१६.४५ कित्ता शेयर निष्कासन गरेको हो ।

कम्पनीको एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। आवेदकले मंगलबारसम्म आवेदन दिन सक्नेछन् ।