काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओमा मंगलबार अन्तिम दिनसम्ममा १३०.६३ गुणा आवेदन परेको  छ।

सीडीएससीका अनुसार मंगलबार साँझ ५ बजेसम्ममा १४ लाख २१ हजार ७७७ जनाले १ करोड ६१ लाख ७४ हजार ५८० कित्ताका लागि आवेदन परेको छ । जसअनुसार कम्पनीले जारी गरेको एफपीओमा १ अर्ब ६१ करोड ७४ लाख ५८ हजार रुपैयाँको आवेदन परेको हो। जुन मागभन्दा १३०.६३ गुणा बढी हुन आउँछ । जसअनुसार आवेदन दिएका मध्ये १४ लाखभन्दा बढीले एफपीओ पाउने छैनन् ।

कम्पनीले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख २३ हजार ८१६.४५ कित्ता सेयर निष्कासन गरेको थियो ।
कम्पनीले गत असोज २५ गतेबाट सर्वसाधारणका लागि एफपीओ बिक्री खुला गरेको थियो। यो एफपीओको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।