काठमाण्डौ । मिर्मिरे लघुवित्तको एफपीओ आगामी बिहीबार अर्थात् कात्तिक १६ गते बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बिहीबार बिहान ८ ३० बजे एफपीओ बाँडफाँट गर्ने तयारी छ ।अन्तिम दिनसम्ममा कम्पनीको एफपीओमा १४ लाख २१ हजार ७७७ जनाले १ करोड ६१ लाख ७४ हजार ५८० कित्ताका लागि आवेदन दिएका थिए ।जसअनुसार एफफपीओमा अन्तिम दिनसम्ममा १३०.६३ गुणा आवेदन परेको छ।

 जसमा १२ हजार ३८१ जनाले मात्र सेयर पाउने छन् । बाँकी १४ लाख ९ हजार ३९६ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले गत असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८१६ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो । 

एफपीओ निष्कासन गर्नुको कारण :

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ बिक्री गर्न लागेको कम्पनीले बताएको छ ।

हाल उक्त कम्पनीको संस्थापकतर्फ ७१ प्रतिशत र सर्वसाधारणतर्फ २९ प्रतिशत शेयर स्वामित्व रहेको छ । सेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्नुपर्ने प्रावधान रहेको छ । एफपीओ निष्कासनपछि कम्पनीको शेयर स्वामित्व संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत कायम हुनेछ ।