काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमीटेडले सेयर रजिष्टारको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिंग लिमीटेडलाई नियुक्त गरेको छ । 

अब मिर्मिरेको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने लगायत शेयर रजिष्ट्रेशन सँग सम्बन्धित सम्पूर्ण काम नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ । 

साउन २२ गते बनेपामा आयोजित एक समारोहका बीच नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्धसंचालक रमेश घिमिरे र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मीश्वर देवकोटाले यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सो कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सेवाप्रारम्भ हुने मिति सार्वजनिक सूचनामार्फत सर्वसाधारण शेयरधनीमा जानकारी गराइने बताइएको छ ।