काठमाण्डौ । एसियाका धनाढ्य व्यक्ति मुुकेश अम्बानीले अर्काे वैश्विक टेक्नोलोजी कम्पनी निर्माण गर्ने भएका छन्। यदि उनले आफ्नो चाल सही ढंगले चाले भने उनको मोबाइलवाहक दिग्गज कम्पनी जिओ प्लेटफर्म पनि गुुगल, अमेजन र अलीबाबाकै स्तरमा पुुग्नेछ। 

जिओ प्लेटफर्मको पहिलेदेखि नै एपहरुको आफ्नो छुुट््टै इकोसिस्टम मौजुुद रहेको छ। जसमा अनलाइन सामान खरिददेखि लिएर भिडियो स्ट्रिमिङजस्ता सबै सुुविधा उपलब्ध रहेका छन्। 

यो प्लेटफर्मले रिलायन्स जिओ मोबाइल नेटवर्कमार्फत भारतका ३८ करोड ८० लाख ग्राहकलाई सेवा उपलब्ध गराइरहेको छ। तर अब एसियाका धनाढ्य मुुकेश अम्बानी अझै बढी महत्वाकांक्षी बनेका छन्।

बितेको केही सातामा नै विश्वमा तीव्रगतिमा फस्टाइरहेको भारतको इन्टरनेट क्षेत्रमा आफ्नो प्रभुुत्व बढाउन दोस्रो चरणको इन्धन भर्न अम्बानीले फेसबुुकबाट ९ बिलियन र अमेरिकाको क वर्गका लगानीकर्ताबाट लगानी जुुटाएका छन्। “निश्चय पनि अम्बानी जिओ प्लेटफर्मलाई एउटा टेलिकम कम्पनीभन्दा माथिल्लो स्तरमा पुुगेको हेर्न चाहन्छन्। उनी भारतको अर्काे गुुगल या त टेन्सेन्ट हुुन चाहन्छन्”, पिच बुुकका विशेषज्ञ फेन्री हगले भने। 

काउन्टर प्वाइन्ट रिसर्चका अनुुसनधानकर्ता तरुण पाठकका अनुुसार जिओ प्लेटफर्मको अबको अन्तिम लक्ष्य भनेको प्रत्येक भारतीयका लागि सबै कुुरा बन्ने र देशको करोडौँ इन्टरनेट ग्राहकका लागि अपरिहार्य मञ्च निर्माण गर्नु नै हुुनेछ। 

अम्बानीको नेतृत्वमा रिलायन्स इन्डस्ट्रिज तेल र ऊर्जा कम्पनीबाट फराकिलो समूहमा परिणत भएको छ। जसमा खुुद्रा पसल मोबाइल, इन्टरनेट प्रदायक, डिजिटल प्लेटफर्म र यस्ता अन्य थुुप्रै सेवा समावेश छन्। तर आफ्ना योजनालाई अर्काे स्तरमा लैजानका लागि अम्बानीलाई सिलिकन भ्यालीबाट “बाई–इन’ गर्नुुपर्ने आवश्यक देखिएको छ। त्यसैले उनले फेसबुुक र वाट्सएपसँग ५.७ बिलियनको साझेदारी गरेका छन्। 

गत महिना यससम्बन्धी सम्झौता उद्घोष हुुँदा अम्बानीको आकांक्षाको स्तर स्पष्ट थियो। नियमनकारी निकायबाट यो सम्झौतालाई अनुुमति दिन बाँकी रहेका बेला अम्बानी र फेसबुुकले अन्य केही प्लेटफर्महरु बनाउन लागिपरेका छन्।  जसमा मोबाइलबाट नै बैंकिङ सुुविधा, म्यासेज, सामाजिक सञ्जालदेखि लिएर अन्य सबै खाले सुुविधालाई एउटै प्लेटफर्ममार्फत पस्कने योजना रहेको छ। 

यो टेनसेन्टको व्यापक रुपमा चर्चित विई च्याट सर्भिसको अर्काे रुप हुुनेछ। तर टेन्सेन्टविपरीत जिओ प्लेटफर्मसँग ठूलो संख्यामा मोबाइल नेटवर्क रहेको छ। जसलाई उसले ग्राहकका लागि आधार निर्माण गर्न प्रयोग गर्न सक्नेछ। 

सम्झौताको पहिलो लक्ष्य भनेको अनलाइन किराना किनबेच हो। भारतको खुुद्रा बजारमा किरानाको ७० प्रतिशत हिस्सा रहेको छ। यसका साथै भारतको ९० प्रतिशतभन्दा बढी बजार अव्यवस्थित र साना किराना पसलेहरुबाट सञ्चालित छन्। 

भारतको समग्र खुुद्रा बजार सन् २०१८ मा रहेको ६७६ बिलियन डलरबाट सन् २०२५ मा झन्डै दोब्बर अर्थात १.३ ट्रिलियन डलर पुुग्ने अनुुमान लगाइएको छ। विश्वको तुुलनामा भारतको अनलाइन ग्रोसरी मार्केट तुुलनात्मक रुपमा सानो भए पनि यो निरन्तर रुपमा बढिरहेको छ। अझ यसमाथि कोरोनाको नियन्त्रणका लागि लागू गरिएको लकडाउनका कारण मानिसहरुको किनमेल गर्ने बानीव्यहोरामा परिवर्तन आएकोले अनलाइन सपिङलाई बढावा मिलेको छ। 

गत वर्ष जिओ मार्ट लन्च हुुँदा यसले करिब ३ करोड साना पसलहरुलाई व्यापारका लागि यो प्लेटफर्ममा जोडिन प्रयास गर्ने लक्ष्य राखेको थियो। कोरोनाको महामारी र लकडाउनका कारण भारतका किराना पसलहरुलाई यतिबेला अनलाइनमार्फत व्यापार गर्ने आवश्यकता ह्वात्तै बढाइदिएको छ। यसका लागि वाट्सएप मुुख्य प्लेटफर्म हुुन सक्छ। किनकि ४० करोड भारतीयहरु पहिलेदेखि नै यसको प्रयोग गरिरहेका छन्। 

जिओ मार्ट र वाट्स्एपले अमेजन र फिलिपकार्टलाई मुुश्किल पार्ने देखिएको छ। किनकि अहिले यो वर्तमान अवस्थामा अमेजन र फिलिपकार्टसँग सामानहरु ढुुवानी गर्न साधनहरुको अभाव देखिएको छ। – एजेन्सी