काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेड र मित्रपार्कस्थित दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टरबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक सुरज बलया श्रेष्ठले हस्ताक्षर गरे ।
यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टर, मित्रपार्कमा उपचार गराउँदा तोकिएका सेवा शुल्कमा १० प्रतिशत छुट पाउने र अन्य स्वस्थ्य सेवामा १५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago