काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले ग्राहकहरुको सुविधाका लागि मिस्ड कल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । 

ग्राहकहरुले यस मिस्ड कल बैंकिङ्ग सेवाबाट बैंकको निक्षेप तथा कर्जा सम्बन्धी सेवाहरुको बारे सजिलै जानकारी लिन सक्ने बैंकले जनाएको छ । 

यो सुविधा लिन ग्राहकहरुले निम्न मोबाइल नम्बरहरुमा बैंकको कार्यालय समयभित्र मिस्ड कल गर्नुपर्ने छ र केही समयमै बैंकबाट ग्राहकहरुको जिज्ञासाका लागि सोही नम्बरमा सम्पर्क गरिनेछ । 

बैंककाअनुसार निक्षेपसँग सम्बन्धित सेवाको जानकारीका लागि ९८०१११००२२ र कर्जासँग सम्बन्धित सेवाको जानकारीका लागि ९८०१११००२३ मा मिस्ड कल गर्नुपर्नेछ । 

यसैगरी, डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिजा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था समेत गरिएको छ । 

त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।