काठमाण्डौ । मुक्तिनाथ विकास बैंक र ब्लु क्रस अस्पतालबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमुखकार्यकारी अधिकृत तारा मानन्धर र ब्लु क्रस अस्पतालको तर्फबाट सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरे । 

यो सम्झौतापछि मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डबाहक ग्राहकहरूले ब्लु क्रस अस्पताल त्रिपुरेश्वरमा उपचार गराउँदा तोकिएका सेवाशुल्कमा १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । 

मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभर फैलिएका आफ्ना ९५ वटा शाखा, १७ वटा ए.टि.एम. र तीनलाख पचहत्तर हजार ग्राहक वर्गलाई सेवा प्रदान गर्दै आएको छ । 

आफ्ना ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, भिसा ए.टि.एम.कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।