काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेड र क्राउन ल्याब्रोटरी एण्ड रिफरल सेन्टर, भाटभटेनी र चाबाहिल काठमाण्डौबीच एक सम्झौता भएको छ । 

सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका डेविट तथा क्रेडिट कार्ड भएका सबै ग्राहकहरुले उक्त ल्याब्रोटरीबाट स्वास्थ्य सेवा सुविधा लिएबापत लाग्ने सम्पूर्ण खर्चमा २५प्रतिशत विशेष छुट दिने व्यवस्था भएको छ । 

सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका प्रमुख  बसन्त बक्सी र क्राउन ल्याब्रोटरी एण्ड रिफरल सेन्टरको तर्फबाट प्रशासनिक निर्देशक कान्ति थापाले हस्ताक्षर गरे ।

यो सुविधालिन यस विकास बैंकको डेविट वा क्रेडिट कार्ड देखाए मात्र पनि उक्त छुट सुविधा आगामी एक वर्षसम्म प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।