काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटलाई आर्थिक सहयोग गरेको छ । 

कालिकोट सामुदायिक विद्यालयको विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्न समावेशीताको आधारमा गरीब, अपाङ्ग, द्वन्द्वपीडित, दलित, महिला र आदिवाशीलाई एसइई पास भई काठमाण्डौमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि एक लाख ५० हजार रुपैयाँ सहयोगस्वरुप चेक प्रदान गरेको हो । 

सो चेक मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले कर्णली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटका अध्यक्ष टेकराज शाहीलाई हस्तान्तरण गरेका बैंकले जनाएको छ ।