काठमाण्डौ । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा सिराहा जिल्लाको लाहन, गोलबजार र मिर्चैया तथा सर्लाही जिल्लाको लालबन्दीमा गरी चार शाखा कार्यालय विस्तार गरेको छ ।
लहान शाखाको समुद्घाटन जिल्ला उद्योग वाणिज्य संघ, लाहनका अध्यक्ष सुनिलकुमार महतो, गोलबजार शाखाको समुद्घाटन गोलबजार नगरपालिकाका मेयर बेदनाथ साह, मिर्चैया शाखाको समुद्घाटन मिर्चैया नगरपालिकाका मेयर सर्वणकुमार यादव, तथा लालबन्दी शाखाको समुद्घाटन लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काले गरे ।
शाखाकार्यालय समुद्घाटन गर्नु हुँदै प्रमुखअतिथिहरुले बैंकको प्रगतिको कामना गर्दै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनका लागि शुभकामना व्यक्त गरेका थिए ।
शाखा कार्यालयहरुको समुद्घाटन समारोहमा बैंकका नायब प्रमुखकार्यकारी अधिकृत तारा मानन्धर, स्थानीय जनप्रतिनिधि, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।
मुक्तिनाथविकास बैंक लिमिटेडले देशैभरी आफ्ना ९५ वटा शाखा, १७ वटा ए.टि.एम. र करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19