Muktinath Bikas Bank
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले धितोपत्र बोर्डबाट स्वीकृत १० बराबर ४ अनुपातको हकप्रदका लागि आगामी २० गतेलाई बुक क्लोजको मिति तोकेको छ ।
यो बैंकले बुधबार एक सूचना प्रकाशित गर्दै साउन २० गतेलाई बुक क्लोजको मिति तोकेको हो ।
यसको अर्थ साउन १९ गतेसम्म यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रद खरीदका लागि आवेदन दिन पाउनेछन् ।
बैंकको २०७३ मंसिर ४ गते बसेको दशौं वार्षिक साधारणसभाले ४० प्रतिशत हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको थियो । हाल यो बैंकको चुक्तापूँजी १ अर्ब ५४ करोड २७ लाख रहेको छ । यो हिसाबले एकसय अंकित दरको कुल ६१ लाख ७० हजार ८ सय ६५.०४ कित्ता हकप्रद निश्कासन हुनेछ ।
हकप्रदको पूँजीकरणपछि मुक्तिनाथ विकास बैंकको चुक्तापूँजी २ अर्ब १७ करोड हाराहारी पुुग्नेछ।
राष्टिय स्तरको विकास बैंकले २ अर्ब ५० करोड चुक्तापूँजी पुर्याउनुपर्ने हुन्छ । यो हिसाबले बैंकले अपुुग पूँजी आर्थिक वर्ष २०७३/७४ को नाफाबाट बोनस सेयर दिएर पुर्याउने देखिन्छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago