काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेड र बिल्ड अप नेपाल इञ्जिनियरिङ्ग प्राइभेट लिमिटेडबीच नेपालका ग्रामीण तथा वित्तीय पहुँच नभएको स्थानहरुमा वातावरणमैत्री इँटा बनाउने व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

यस सम्झौतापश्चात ग्रामीण उद्यमीहरुका लागि प्रोजेक्टमा आधारित उद्यमका लागि वित्तीय सहयोग पुग्नेमा अपेक्षा गरिएको छ । 

सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंक लिमीटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र बिल्ड अप नेपाल इञ्जिनियरीङ्ग प्राइभेट लिमिटेडका तर्फबाट प्रबन्धनिर्देशक बोर्जन सोडरबर्गले हस्ताक्षर गरेका छन् ।