काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ ५३.१२ प्रतिशतको छलाङ मारेको छ ।
अघिल्लो आर्थिक वर्षको यही अवधिमा २६ करोड ४३ लाख रुपैयाँ सीमित खूद नाफालाई बढाएर बैंकले ४० करोड ४८ लाखको उचाई चुमाएको हो ।
अघिल्लो वर्ष ४० करोड ४६ लाखमा सीमित संचालन मुनाफा समेत बढाएर ६२ करोड ५५ लाखको उचाई चुमाएको बैंकले खूद ब्याज आम्दानीमा करिब ५४ प्रतिशतको फड्को हान्दै ८५ करोड ८७ लाखको उचाई चुमाएको छ ।
समीक्षा अवधिमा बैंकले ३८ अर्ब १३ करोड निक्षेप संकलन गरी ३२ अर्ब ९७ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा ७५.४३ प्रतिशतले निक्षेप बढाएको बैंकले कर्जातर्फ भने ७०.५६ प्रतिशतको प्रगति भएको छ ।
बैंकले ६४ करोड १४ लाखमा सीमित रिजर्बलाई बढाएर ८५ करोड ४९ लाखको उचाई चुमाएको छ ।
बैंकको अघिल्लो वर्षको यो अवधिमा ०.०१ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा बढेर ०.०५ प्रतिशतको अनुपातमा पुगेको छ ।
यस्तै, वार्षिकीकृत प्रतिसेयर आम्दानी २६.४२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२७.८९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३.३२ गुणा कायम भएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19