काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोेखरा महानगरपालिका १०, रामबजारमा अवस्थित “रामबजार जेष्ठ नागरिक मिलन केन्द्र”लाई ३५ थान कुर्सी हस्तान्तरण गरेको छ ।
सो संस्थाका ९६ वर्षिय जेष्ठ नागरिक गौबहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुखअतिथि रामबजार यु.के. सोसाइटिका सल्लाहकार प्रेम वि.क., विशेष अतिथि मुक्तिनाथ विकास बैंकको पोखरा क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक बाबुराम ढकाल, शाखा कार्यालय अमरसिँहका प्रमुख अशोक लामा, पोखरा अनुगमन अधिकृत नगेन्द्रराज पौडेल, संस्थाका अध्यक्ष क्याप्टेन थमन थापासहितको संयुक्त उपस्थितीमा कुर्सी वितरण गरेको हो ।
उक्त संस्थाको प्राङ्गणमा वितरीत कुर्सीबाट जेष्ठ नागरिकहरुलाई दैनिक रुपमा आरामदायी रुपमा बस्नका लागि थप सहयोग भएकोमा संस्थाका अध्यक्ष क्याप्टेन थमन थापाले आभार प्रकट गरे ।
बैंकका क्षेत्रीय कार्यालय प्रबन्धक बाबुराम ढकालले बैंकको व्यवसाय बृद्धिसंगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा त्यस क्षेत्रका जेष्ठ नागरिकहरुको जेष्ठ नागरिकताको परिचयपत्र समेत पोखरा महानगरपालिकाको समन्वयमा वितरण गरिएको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago