काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आकर्षक सुविधा र ब्याज दरमा आवास कर्जा तथा सेयर कर्जा योजना सञ्चालनमा ल्याएको छ ।
‘आधाको ब्याज, आधाको किस्ता साथमा पाउनुहोस् नगद फिर्ता’ भन्ने मूल नाराका साथ बैंकले आवास कर्जा योजना सञ्चालनमा ल्याएको हो। आवासीय प्रयोजनका लागि घर निर्माण, मर्मत, तला थप गर्न, कम्पाउण्ड लगाउन, घर फर्निसिङ गर्न वा सोही प्रयोजनका लागि घडेरी खरिद गर्नका लागि आवश्यकताअनुसारको आवास कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।
बैंकबाट आवास कर्जा आकर्षक ब्याजदरमा २० वर्षका लागि लिन सकिनेछ ।
यसका साथै बैंकले पुँजी बजारमा लगानी गर्नका लागि सेयर धितो राखेर लिन मिल्ने सेयर कर्जा सुविधा पनि सञ्चालन गरेको छ । यो कर्जा धितो राखेको सेयरको ६५% सम्मको कर्जा १ वर्षका लागि लिन सकिनेछ ।
बैंकले देशैभरी ११९ वटा शाखा, २५ वटा एटीएम. र करिब सात लाख ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु दिँदै आएको छ । बैंकले रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिङ सुविधाका साथै देशैभरी भिषा नेटवर्कअन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्नमिल्ने सेवाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
हालैमात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी ‘जीवन वरदान बचत खाता’ पनि सञ्चालनमा ल्याएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19