काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिका कमलादीस्थित कमलादी गणेश विकास तथा जात्रा पर्व सहयोग समितिलाई कमलादी गणेश मन्दिर परिसरमा सिसि क्यामेरा जडान गर्न आर्थिक सहयोग गरेको छ ।
उक्त सहयोग रकम मुक्तिनाथ विकास बैंकका बजारीकरण विभागका प्रमुख बसन्त बक्सीले कमलादी गणेश विकास तथा जात्रा पर्व सहयोग समितिका संयोजक रविन महर्जनलाई हस्तान्तरण गरे ।
मुक्तिनाथ विकास बैंक लिमीटेडले देशैभर १२० वटा शाखा, २२ वटा ए.टि.एम. र करिब सातलाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बैंकिंङ्ग सुविधाका साथै देशैभर भिषा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।
बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा पनि सञ्चालनमा ल्याएको छ ।
हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स (विप्रेषण) केन्द्रिण् ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको बहार’ अभियान सञ्चालन गरेको बैंकका प्रमुख सूचनाअधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago