काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत बैंकको साना तथा लघुबैंकिङ्ग कार्यालय, बुढिबजारमा सदस्य रहेकी विष्णुमाया बरालको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ । 

सो रकम स्व. विष्णुमाया बरालका छोरा तथा निजले इच्छाएको व्यक्ति सूर्यप्रसाद बराललाई  क्षेत्रीय कार्यालय पोखराका प्रमुख बाबुराम ढकाल, बुढिबजार शाखाका शाखाप्रमुख रामचन्द्र रानाभाट तथा साना लघुबैंकिङ्क प्रमुख ध्रुवराज घिमिरे र पोखरा–२७,का वडाध्यक्ष धनबहादुर नेपालीले संयुक्त रुपमा निजको आकस्मिक मृत्यु पश्चात् भुक्तान गरिसकेको साँवा र ब्याजबापतको रकम रु. २ लाख ७३ हजार ९८३ रुपैयाँ र काजकिरिया खर्च रु ५,०००(पाँचहजार मात्र ) समेत गरी रु.२ लाख ७८ हजार ९८३ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ ।