काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले काठमाण्डौ महानगरपालिका वडा नं.१० बानेश्वर मा रहेको शाखा कार्यालय माघ २९ गते नेपाल राष्ट्रबैंकका पूर्व गभर्नर, पूर्व परराष्ट्र मन्त्री तथा अर्थमन्त्री डा. भेषबहादुर थापाबाट समुदघाटन गरी संचालनमा ल्याएको छ ।
बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकको कारोबार तथा भावी रणनीति सम्बन्धमा जानकारी दिएका थिए ।
बैंकको उक्त शाखा संचालनसंगै काठमाण्डौ उपत्यकाभित्र ९ वटा शाखा तथा उपत्यका बाहिर ६५ वटा शाखा सहित नेपाल अधिराज्य भरि कुल ७४ वटा शाखा सञ्जाल पुुगेको छ।
बैंकले २०७४ पौष मसान्तसम्म कुल निक्षेप गतवर्षको सोही अवधिको तुलनामा ४९.०८ प्रतिशतले बृद्धि भई रु. २१ अर्व ७४ करोड पुगेको छ भने कुलकर्जा लगानी ४७.६६ प्रतिशतले वृद्धि भई रु. १९ अर्व ३३ करोड पुगेको छ । साथै, यस अवधि सम्मको खुद मुनाफा गतवर्षको सोही अवधिको तुलनामा १८.४४ प्रतिशतले वृद्धि भई रु. २६ करोड ४४ लाख रहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19