काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ संस्थागत उपलब्धी खाता’ र ‘मुक्तिनाथ व्यक्तिगत उपलब्धी खाता’ सञ्चालनमा ल्याएको छ ।
बैंकले पब्लिक कम्पनी, साझेदारी कम्पनी, प्राइभेट कम्पनी, सरकारी तथा गैरसरकारी संघसंस्था, विभिन्न व्यापारव्यवसायका छाता संगठनहरु, प्रचलित कानुनबमोजिम दर्ता भई सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संघसंस्था तथा विषयगत सहकारी संघसंस्थालगायत अन्य संघसंस्थालाई लक्षित गरी यी दुई खाता सञ्चालनमा ल्याएको हो । यसमा ‘मुक्तिनाथ संस्थागत उपलब्धी खाता’ चल्ती खाता र ‘मुक्तिनाथ व्यक्तिगत उपलब्धी’ बचत खाता हो ।
संस्थागत उपलब्धी खाताअन्तर्गत न्यूनतम मौज्दात रु १ हजार मा कुनै पनि माथि उल्लेखित संघसंस्थाले यो खाता खोल्न सक्नेछन् । यो खाता खोलेका संघसंस्थाका सञ्चालक समितिका सदस्यहरु, साझेदार, प्रोइपाइटरहरुका लागि ७ लाखकोे दुर्घटना मृत्यु बीमाको सुविधा मुख्य विषेशताका रुपमा प्रदान गरिएको छ । यो खातामा बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा आकर्षक ब्याजदर (मासिक ब्याज भुक्तानी) तथा निःशुल्क इन्टरनेट बैंकिङ सुविधा लिन सकिनेछ ।
यसैगरी व्यक्तिगत उपलब्धी बचत खाताअन्तर्गत न्यूनतम मौज्दात रु १०० मा संस्थाका सम्पूर्ण कर्मचारी तथा व्यक्तिगत सदस्यहरुका लागि रु ७ लाखको दुर्घटना मृत्यु बीमाको सुविधा मुख्य विषेशताका रुपमा प्रदान गरिएको छ । यसका साथै कुनै पनि संघसंस्थामा कार्यरत कर्मचारीहरुलाई व्यक्तिगत कर्मचारी कर्जा (वार्षिक औसत तलबको ५० प्रतिशत वा १५ लाखमध्ये जुन कम हुन्छ, सोबराबर हुने गरी विनाधितो कर्जा सुविधा प्रदान गरिनेछ । यो खाताअन्तर्गत दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याज (मासिक ब्याज भुक्तानी ), निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाइल बैंकिङ सुविधा तथा इन्टरनेट बैंकिङ सुविधाका साथै निःशुल्क भिजा डेबिट कार्ड प्रदान गरिनेछ ।
यस योजनाअन्तर्गत मुक्तिनाथ संस्थागत उपलब्धी खाता भएका संघसंस्थाका कर्मचारी तथा आबद्ध व्यक्तिगत सदस्यहरुले मात्र व्यक्तिगतउपलब्धी बचत खाता खोल्न सक्नेछन् । बैंकको यो सेवा १३३ वटै शाखाबाट लिन सकिनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago