काठमाण्डौ । ग्रामीण क्षेत्रलाई महत्वपूर्ण कार्यक्षेत्रका रुपमा लिएको मुक्तिनाथ विकास बैंकले सल्यान जिल्लामा एकैसाथ आफ्ना ३ वटा शाखा विस्तार गरेको छ । बैंकले सल्यानको थारमारे, लुहाम र श्रीनगरमा आफ्नो शाखा विस्तार गरेको हो । 

शाखाका विस्तारको क्रममा मिति २०७४ चैत्र १४ गते बुधवारका दिन सल्यानको त्रिवेणी गाँउपालिका वडा नं. ६, लुहाम स्थित लुहाम शाखाको समुद्घाटन त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले गरे । डाँगीले यस क्षेत्रका वासिन्दाको जीवनस्तर उकास्न वित्तीय संस्थाहरुको उपस्थिती बढ्नु खुशीको कुरा भएकोले लुहामबासीको सदैब साथ र सहयोग रहने बताए ।

सो शाखा समुद्घाटन कार्यक्रममा लुहाम वजार व्यवस्थापन समितिका अध्यक्ष खिमबहादुर रावतले पनि बोलेका थिए ।

यस्तै, बागचौर नगरपालिकामा २ मा रहेको थारमारे शाखा कार्यालयको समुद्घाटन बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले गरे । चैत १५ गते शाखा उद्घाटन गर्दै बुढाथोकीले यस क्षेत्रमा कृषि पर्यटनको विकासका लागि वित्तीय संस्थाहरुको उपस्थिति बढ्नु खुशीको कुरा भएकोले सल्यानबासीको सदैब साथ र सहयोग रहने ।

यसैगरी, बैंकले चैत १५ गते नै  शारदा नगरपालिका वाड नं १ मा रहेको श्रीनगरमा पनि शाखा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले गरेका थिए । अधिकारीले मुक्तिनाथ विकास बैंकले सल्यान जिल्लामा ३ वटा शाखा विस्तार गरी यहाँका जनतालाई स्तरीय सेवा प्रदान गरेकोमा खुसी व्यक्त गरेका थिए ।

उपरोक्त कार्यक्रमहरु बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालको अध्यक्षतामा सम्पन्न भएका थिए ।

सल्यान जिल्लामा ३ वटा शाखा हुने बैंक, मुक्तिनाथ विकास बैंक मात्र रहेको छ ।