काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेड र नेपाल क्लियरिङ्ग हाउस लिमीटेडबीच नेपाल सरकारको राजश्व लगायतको अनलाइन भुक्तानी सेवा उपलब्ध गराउने बिषयमा सम्झौता भएको छ । 

मुक्तिनाथ विकास बैंकबाट नेपाल क्लियरिङ्ग हाउस अन्तर्गत एनसीएचएल इलेक्टोनिक चेक क्लियरिङ र एनसीएचएल इन्टरबैंक पेमेन्ट सिस्टमका सुविधाहरु बैंकको सबै शाखाबाट सेवा लिन सकिनेमा कनेक्ट आइपीएस इपेमेन्ट प्रणालीमार्फत बैंकका ग्राहकहरुले अनलाइनबाट नै नेपाल सरकारको राजश्व भुक्तानी लगायत अन्य भुक्तानीहरु समेत सिधै बैंकको खाताबाट  कारोबार गर्नसक्ने बैंकले विज्ञप्तिमार्फत जनाएको छ । 

यसका लागि डब्ल्यूडब्ल्यूडब्ल्यू डट कनेक्टटिप्स डटकममार्फत आफ्नो यूजर आइडी बनाउने र बैंक खाताको सम्पूर्ण जानकारी राखी बैंकमार्फत एकपटक रुजु गराउनुपर्ने हुन्छ । यस सेवा मार्फत ग्राहकहरुले राजश्व कार्यालयमा लाइन बस्नुपर्ने बाध्यताबाट छुटकारा पाउने बैंकको भनाई छ ।