काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले कर्जा र निक्षेपको ब्याजदर सार्वजनिक गरेको छ।
बैंकले साउन ११ गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपको ब्याजदर सार्वजनिक गरेको हो। बैंकले विभिन्न कर्जामा आधार दरमा ३.५० प्रतिशतदेखि ७ प्रतिशत प्रिमियमसम्म जोडेर ब्याजदर कायम गरेको छ। बैंकको आधार दर ९.९८ प्रतिशत रहेको छ।
बैंकले माइक्रो क्रेडिट (होलसेल) मा ३.५० प्रतिशत, मुक्तिनाथ शुलभ भविष्य कर्जा ४ प्रतिशत र सेयर लोनमा ५ प्रतिशत प्रिमयम कायम गरेको छ।
यसैगरी रियल स्टेट लोन र गोल्ड लोनमा ५.५० प्रतिशत प्रिमियम लागू गरिएको छ। एग्रिकल्चर लोन, होम लोन (नयाँ बनाउन र किन्न), होम लोन (अन्य), अटो लोन र कन्जुमर लोन ६.५० प्रतिशत प्रिमियम तोकिएको छ।
यस्तै बिजनेस लोन, हायर पर्चेज लोन (नयाँं), हायर पर्चेज लोन (पुरानो) र माइक्रो क्रेडिट (रिटेल) कर्जामा ७ प्रतिशत प्रिमियम कायम गरिएको छ। पर्सनल लोनका लागि भने ७.५ प्रतिशत प्रिमियम लागू हुने भएको छ।
बैंकले अधिकांश बचत निक्षेपमा भने ५ प्रतिशतदेखि ५.५ प्रतिशतसम्म ब्याज उलब्ध गराउने भएको छ। बैंकले मुक्तिनाथ सुपर प्रिमियम बचतमा ५.५ प्रतिशत तथा जीवन वरदान बचत खाता, जीवन वरदान प्लस बचत खाता र जीवन वरदान प्रिमियम बचत खातामा ५.२५ प्रतिशत ब्याज दिने भएको छ। अन्य अधिकांश बचत निक्षेपमा बैंकले ५ प्रतिशत ब्याज उपलब्ध गराउने छ।
मुद्दति निक्षेपतर्फ भने बैंकले व्यक्तिगततर्फ ३ महिनासम्मका लागि ७.२५ प्रतिशत, ६ देखि ९ महिनासम्मका लागि ७.५० प्रतिशत र १ वर्षदेखि ५ वर्षसम्मका लागि ७.७५ प्रतिशत ब्याज दिनेछ।
यस्तै संस्थागततर्फ ३ महिने निक्षेपका लागि ६.२५ प्रतिशत, ६ महिनादेखि ९ महिनासम्मका लागि ६.५० प्रतिशत र १ वर्षदेखि ५ वर्षसम्मका लागि ६.७५ प्रतिशत ब्याज उपलब्ध गराइने बैंकले जनाएको छ।
बैंकले मुक्तिनाथ पेन्सन स्किममा ७.७५ प्रतिशत र रिकरिङ डिपोजिटमा ६.७५ प्रतिशतदेखि ७.७५ प्रतिशतसम्म ब्याज दिनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago