काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेड र सुमेरु सिटि अस्पताल, पुल्चोकबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बैंकका तर्फबाट बजारीकरण विभागका प्रमुख बसन्त बक्सी र अस्पतालको तर्फबाट लेखाप्रमुख बादल सिल्पाकारले हस्ताक्षर गरे ।
यो सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले सुमेरु सिटि अस्पताल पुल्चोकमा उपचार गराउँदा तोकिएका सेवाशुल्कमा १० प्रतिशत छुट तथा औषधी खरिदमा ८ प्रतिशत छुट पाउने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभर फैलिएका आफ्ना ८२ वटा शाखा, १३ वटा ए.टि.एम. र तीनलाख पचत्तर हजार ग्राहकवर्गलार्इ आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago