काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले १ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ४९.४८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ३ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
यो अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा पनि ४९.४८ प्रतिशतले घटेर २ करोड ३६ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा ४ करोड ६८ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ३०.९४ प्रतिशतले घटेर ६ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ८ करोड ६८ लाख रुपैयाँ थियो।
चालु आर्थिक वर्षको ६ महिनामा संस्थाले १ अर्ब १८ करोड रुपैयाँ सापटी लिई २ अर्ब ४० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १ अर्ब १९ करोड रुपैयाँ सापटी लिई २ अर्ब २२ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
चुक्तापुँजी १० करोड ९३ लाख रुपैयाँ रहेको संस्थाले रिजर्भको आकार १० करोड ४५ लाख रुपैयाँ पुर्याएको छ। गत वर्ष रिजर्भमा १० करोड ४५ रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा संस्थाले खराब कर्जा (एनपीएल)मा बढेर २.१४ प्रतिशत पुगेको छ। गत वर्ष एनपीएल २.०८ प्रतिशतमा थियो।
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३०.२९ रुपैयाँमा झरेको छ। गत वर्ष ईपीएस ९३.७० रुपैयाँ थियो। पीई रेसियो ७५.५६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १५७.१४ रुपैयाँ रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago