काठमाण्डौ । भारतको केन्द्रीय बैंक, रिजर्ब बैंक अफ इण्डिया(आरबीआई)ले मुद्रा बजारलाई मल्हम लगाउने उद्देश्यले निकै ठूलो कदम उठाउने घोषणा गरेको छ ।
आरबीआईले बजारमा निकै ठूलो बिक्रीका बीच डलरको भारी मागलाई ध्यानमा राखी ६ महिनाका लागि रुपैयाँ–डलरको खरीद तथा बिक्रीवाला स्वाप मिलाउने घोषणा गरेको हो ।
यसको मतलब यो हो कि रिजर्ब बैंकले ६ महिनाका लागि बैंकहरुलाई २०० करोड डलर बिक्री गर्नेछ, र पछि तय हुने भाउमा उति नै डलर बैंकबाट खरीद गर्नेछ । यसले सिस्टममा डलरको अभावको समस्या हट्नेछ । त्यसबापत खरीदको शर्तबाट बैंकमा डलरको रिजर्ब समेत कायम रहिरहनेछ ।
खासमा बजारमा भारी बिक्रीचापका बीच डलरको माग बढेपछि रुपैयाँमा कमजोरी आइरहेको छ । रिजर्ब बैंकले स्पष्ट संकेत दिएको छ कि आगामी दिनमा डलर बिक्रीको रकम समेत बढाउन सकिन्छ । जुन बैंकलाई डलरको आवश्यकता छ, सो बैंकले सोमबार हुने लिलामी प्रक्रियामा हिस्सा लिन सक्नेछन् । तथापि, उनीहरुले सेप्टेम्बर १८ सम्म रिजर्ब बैंकबाट तय रेटमा डलर फिर्ता गर्नुपर्नेछ ।
मार्च ६ सम्ममा रिजर्ब बैंकसँग ४८७ अर्ब डलरभन्दा अधिक विदेशी मुद्राको भण्डारण रहेको छ । कोरोना भाइरसका कारण विदेशी लगानीकर्ताले विश्वभरको बजारबाट पैसा निकालिरहेका छन् । यहीकारण डलरको भाउ समेत बढिरहेको छ ।
बैंकहरुले डलर खरीद गर्दा बजारमा डलरको सप्लाई समेत बढ्नेछ । यस्तो हुँदा डलरको सप्लाईको तुलनामा रुपैयाँको सप्लाई कम हुनेछ । यसले रुपैयाँको भाउलाई साहारा दिनेछ । किनभने भारतीय रुपैयाँको भाउ हरेक दिनजसो घटेर अहिले ७४ मा आइसकेको छ ।
कोरोनाको त्रासका कारण भारतमा जस्तो समस्या नेपालमा समेत रहेको छ । यहाँको समेत मुद्रा तथा पूँजी बजार डामाडोल भएको छ । तर, अन्य देशका केन्द्रीय बैंकले लगानीकर्तालाई जोगाउन आवश्यक कदम उठाइरहँदा समेत नेपालको केन्द्रीय बैंकका अधिकारी भने कानमा तेल हालेर बसेका छन् । नेपाली अर्थतन्त्रलाई जोगाउने भूमिका निर्वाह गर्नुपर्ने कतिपय अधिकारी समेत चूपचाप बसेका छन्।
स्मरणरहोस्, भारती रुपैयाँ अमेरिकी डलरको तुलनामा केही बलियो भयो भने त्यसको प्रत्यक्ष फाइदा नेपाललाई समेत हुनेछ । किनभने नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग वर्षौदेखिको स्थिर विनिमय दर रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago