काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबारदेखि काठमाडौंको मुलपानीमा नयाँ एक्सटेन्सन काउण्टर सुरु गरेको छ ।

सेवाग्राहीको बढ्दो चाप र स्थानीयको बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरी एक्सटेन्सन काउण्टरको सुरुवात गरेको हो । 

हाल यो बैंकको देशभर २७० शाखा, २५७ एटिएम, ३८ एक्सटेन्सन काउण्टर, राजश्व संकलन काउण्टर र २४९ शाखारहित बैंकिङ्ग इकाई, ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना १८ लाख भन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ ।