काठमाण्डौ । बोनस सेयरका लागि तीन कम्पनीका सेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले छिमेक लघुवित्त,गरिमा विकास बैंक र लुम्बिनी विकास बैंकको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार छिमेक लघुवित्तको प्रतिकित्ता  ८६५.७१ रुपैयाँ,गरिमा विकास बैंकको ३७४.४३ रुपैयाँ र लुम्बिनी विकास बैंकको ३८६.५४ रुपैयाँ कायम भएको छ। 

यसअघिको अन्तिम कारोबार दिन छिमेक लघुवित्तको प्रतिकित्ता ९०९ रुपैयाँ,गरिमा विकास बैंकको ४१० र लुम्बिनी विकास बैंकको मूल्य प्रतिकित्ता ४०२ रुपैयाँ कायम थियो । 

अब समायोजित मूल्यअनुसार यी  तीनवटै कम्पनीको सेयर कारोबारमा आउनेछ।

छिमेकी लघुवित्तले ५ प्रतिशत बोनस सेयर,गरिमा विकास बैंकले ९.५० र लुम्बिनी विकास बैंकले ४ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेका छन् ।