काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको साना तथा लघुबैंकिङ्ग कार्यालय, दमौलीमा सदस्य रहेकी मोहोनीमाया थापा मगरको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।
उक्त रकम स्व. मोहोनीमाया थापा मगरको पति भूपाल थापा मगरलाई बैंकका दमौली शाखाका प्रमुख उदयराज तिमिल्सिना, साना तथा लघुबैंकिङ प्रमुख धु्रवराज घिमिरे, वडासदस्य सुरबहादुर थापाले संयुक्त रुपमा भुक्तानी साँवा र ब्याजबापतको रकम रु. ५४,२७८(अक्षरेपी चौवन्न हजार दुई सय अठहतर रुपैयाँ मात्र) र काजकिरिया खर्च रु ५,०००(अक्षरेपी पाँचहजार मात्र) समेत गरी रु ५९,२७८(अक्षरेपी उनन्साठी हजार दुईसय अठहतर रुपैयाँमात्र )बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
थापाले तिर्न बाँकी रहेको कर्जा रु २,११,४४०(अक्षरेपी दुई लाख एघार हजार चारसय चालिस रुपैयाँ )समेत मिनाहा गरिएको बैंकले जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago