काठमाण्डौ । आफूबाट कर्जा लिएका कुनै ऋणि वा त्यस्ता ऋणिको संरक्षकको मृत्यु भयो भने बैंकहरुले के गर्लान् ? धेरैको उत्तर हुनसक्छ समयमै ऋणको साँवा र ब्याज तिर्न तागेता गर्नेछन्, किनभने बैंकहरुले कसैलाई साँवाब्याज छुट दिने भन्ने हुँदैन । तर, मुक्तिनाथ विकास बैंकको सवालमा यो नियम लागू हुँदैन । यो बैंकले साना तथा लघुबैंकिङ विभागअन्तर्गत बैंकमा नियमित रुपमा कारोवार गर्दै आउने ग्राहक(सदस्य)को वा उसको संरक्षकको मृत्यु भयो भने कर्जा मिनाहा मात्र गर्दैन, तिरेको साँवाब्याज फिर्तादेखि उल्टै शोकाकुल परिवारलाई किरिया खर्च समेत उपलब्ध गराउँछ ।
सुन्दा अचम्म लागे पनि विगत लामो समयदेखि मुक्तिनाथ बैंकले साना तथा मझौला ऋणिहरुका लागि यस्ता सहुलियतका कार्यक्रम संचालन गर्दै आएको छ। पछिल्लो समय पनि बैंकले विभिन्न क्षेत्रमा यस्तै पुुण्य काम गरेको छ ।
मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय सल्यानटार, धादिङबाट लघुकर्जा लिएका कैली दमिनी र महाराजगञ्ज, काठमाडौंबाट लघुकर्जा लिएका कान्छी महर्जनको असामयिक निधन भएपछि उनीहरुले उपभोग गर्दै आएको कर्जाको साँवाब्याज छुट गरिएको बताएको छ । त्यति मात्र होइन, उनीहरुले तिरेको ऋण समेत फिर्ता गरी उल्टै काजकिरिया खर्च समेत दिइएको छ । दमिनी र महर्जनका परिवारलाई बैंकले कर्जाको साँवा र व्याज तथा काजक्रिया रकम क्रमशः रु १ लाख ८ हजार ७ सय १७ रुपैंया र रु १ लाख १४ हजार ८० रुपैयाँ मृतककै घरमा गई प्रदान गरेको हो ।
यसैगरी, बैंकको ग्राहक सदस्य धुनिवेसी ७, खानीखोलाकी दुर्गा भण्डारीको पतिको असामयिक निधन र टोखा २, बानियाटारकी मैया बानियाँका पतिको असामयिक निधन भएको हुँदा काजक्रिया खर्च बापत उनीहरुलाई रु ५,००० प्रतिसदस्य राहात प्रदान गरिएको बैंकले जनाएको छ ।
यस्तै, बैंकको शाखा कार्यालय धार्के, धादिङबाट लघु कर्जा लिएका राधाकृष्ण कार्कीले संचालन गर्दै आइरहेको कुखुरापालन परियोजना आगलागी भई क्षति पुग्न गएको हुँदा सो परियोजनाको स्थलगत निरीक्षण गरी राहत स्वरुप रु ५,००० रकम वितरण गरिएको पनि बैंकले जनाएको छ ।
यसरी विभिन्न शाखा कार्यालयहरुबाट पछिल्लोपटक कुल जम्मा २ लाख २७ हजार ७ सय ९७ रुपैयाँ बराबरको कर्जा मिनाहा तथा राहत वितरण गरिएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।
विषम परिस्थितिको यो समयमा पनि बैंकका कर्मचारीहरु सामाजिक तथा भौतिक दुरी कायम गर्दै ग्राहकहरुलाई स्थलगत रुपमा नै उपस्थित भई कर्जा मिनाहा तथा राहात वितरणमा जुटेका थिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago