काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेड र सम्सारा रेमिट प्राइभेट लिमिटेडबीच रेमिट्यान्स कारोबार सम्झौता भएको छ । 

मेगा बैंकका तर्फबाट नायब महाप्रबन्धक रविनादेशराज श्रेष्ठ र सम्सारा रेमिटका तर्फबाट कार्यकारी उपाध्यक्ष जीवनबाबु श्रेष्ठले मंगलबार रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतापछि सम्सारा रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम (रेमिट्यान्स) मेगा बैंकका देशभरका शाखाबाट भुक्तानी पाउनेछन् । यसैगरी, सम्सारा रेमिटको सफ्टवेयरमार्फत स्वदेशभित्र रकम पठाउने र भुक्तानी लिन पाइने बताइएको छ । 

सम्सारा रेमिटसँगको साझेदारीपछि विशेषगरी खाडी, जापान, युरोप, मलेसियाबाट रेमिट्यान्स कारोबार सहज हुने मेगा बैंकको विश्वास छ । सम्सारा मनीग्रामको सुपर एजेन्ट भएका कारण सबै देशबाट रकम पठाउन मनीग्रामबाट आएको रकम पनि मेगा बैंकबाट भुक्तानी लिन सकिने बताइएको छ । 

मेगा बैंकको देशभर ४० वटा शाखा कार्यालय तथा देशभरि छरिएका १४ सय रेमीट एजेन्ट छन् ।