काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । 

मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी सहायक नायब प्रमुखकार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र ज्योतिलाइफ इन्स्योरेन्स कम्पनीका नायब प्रमुखकार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले बैंकासुरेन्स सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतापछि मेगा बैंकका जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई सुविधा हुने मेगा बैंकले विश्वास व्यक्त गरेको छ । 

ग्राहकहरुले मेगा बैंकका देशभरिका शाखाबाट ज्योति लाइफ इन्स्योरेन्समा बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबीभुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन्।

मेगा बैंकका १०२ वटा शाखा, १८ वटा एक्सटेन्शन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ केन्द्रहरु, २ हजार ३ सय भन्दा बढी मेगा रेमीट सञ्जाल र ७९ वटा एटीएम सञ्चालनमा रहेका छन् ।