काठमाण्डौ । मेगा बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएकी रविना देशराज श्रेष्ठले आफ्ना प्रेमीको तस्बिर सार्वजनिक गरेकी छन्।
मेगा बैंकबाट राजीनामा दिँदै बैंकिङ करिअर छाडेकी रविनाले इन्टाग्राममार्फत आफ्ना प्रेमीको तस्बिर सार्वजनिक गरेकी छन्। उनले मेगा बैंक छाडेको एक सातामात्रै भएको छ।
रविनाले इन्टाग्राममा ३२ वर्षको बैंकिङ करिअरबाट बाहिरिएपछि आफ्ना प्रेमीलाई चिनाउन पाउँदा खुसी लागेको बताएकी छन्। उनीसँगको भेटपछि कसरी माया बस्यो त्यो व्यक्त गर्न नसक्ने भन्दै रविनाले सबैलाई शुभकामना र आर्शीवादको अपेक्षा राखेकी छन्।
रविना लामो समयदेखि एकल जीवन बिताउँदै आएकी थिइन्। उनका दुई छोरा आयुशमान र असिरमान नेपाली सिनेमा क्षेत्रमा करिअर बनाउँदैछन्।
स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेकी रविना नबिल बैंकहुँदै मेगा बैंकमा स्थापनाकालदेखि कार्यरत थिइन्। मेगा बैंक नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्जरमा जाने भएपछि उनी इन्भेस्टमेन्ट बैंकमा डेपुटी सीईओ हुने सहमति भएको थियो। तर, उनले हालै राजीनामा दिइन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19