काठमाण्डौ । धितोपत्र बोर्डले मेगा बैंकलाई ६५ प्रतिशत हकप्रद निश्कासनको अनुमति दिएको छ। 

बोर्डले साउन २६ गते बिहीबार बैंकलाई १० बराबर ६.५ को अनुपातमा हकप्रद निश्कासनको अनुमति दिएको हो । 

यो स्वीकृतिसँगै अब मेगा बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल २ करोड ९७ लाख ८५ हजार ३४.६३ कित्ता हकप्रद आफ्ना सेयरधनीलाई बिक्री गर्नेछ । 

बैंकले यसअघि नै नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई हकप्रद साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
मेगा बैंकले गत बार्षिक साधारण सभाबाट ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो।

हकप्रद शेयर निश्कासनपछि मेगा बैंकको चुक्तापुँजी साँढे ७ अर्ब भन्दा बढी पुग्नेछ । यसैगरी, चालु आर्थिक बर्षको मुनाफा र हकप्रद शेयरबाट चुक्ता पुँजी ८ अर्बभन्दा बढी पुग्ने बैंकले जनाएको छ ।

मेगा बैंकको साधारण सभाले बोनस शेयरका लागि लाग्ने कर समेत गरी १३.९५ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो । सोही अनुसार, मेगा बैंकका शेयरधनीहरुले १३.२५ प्रतिशत बोनस शेयर र त्यसको करका लागि प्रतिशेयर ०.७० प्रतिशत नगद लाभांश प्राप्त गरिससकेका छन् ।

मेगा बैंकले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म ७९ करोड खूद नाफा आर्जन गरेको छ । हकप्रद जारीपछि ८ अर्ब पुुग्न अपुुग रकम सुविधानजनक हिसाबले बोनस सेयर जारी गरेर पुर्याउने यो बैंकको अवस्था देखिन्छ । 

यो बैंकले टुरिजम डेभलपमेन्ट बैंकलाई समेत प्राप्तिको प्रक्रिया जारी राखेको छ । टुरिजम बैंकसँग मेगामा समाहित भएपछि बन्ने मेगा बैंक लिमीटेड पुँजीको हिसाबले देशकै टप बैंकमध्येमा पर्नेछ । टुरिजमको प्राप्तिपछि मेगा बैंकको चुक्तापूँजी साढ ९ अर्ब हाराहारीमा पुुग्नेछ ।