काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेली ‘उत्कृष्ट महिला व्यवस्थापक’ अवार्डबाट सम्मानित भएकी छन् ।
नेपाल व्यवस्थापन संघ (म्यान) ले गत शुक्रबार साधारणसभाको अवसर पारेर सीईओ खुञ्जेलीलाई यो अवार्ड प्रदान गरेको हो । विशेष समारोहबीच उपराष्ट्रपति नन्दकिशोर पुनले सीईओ खुञ्जेलीलाई अवार्ड प्रदान गरे ।
‘क’ वर्गको वाणिज्य बैंकको सीईओ बन्ने खुञ्जेली नेपालको प्रथम महिला बैंकर हुन् । उत्कृष्ट महिला व्यबस्थापक अवार्डबाट सम्मानित भएपछि खुसी व्यक्त गर्दै सीईओ खुञ्जेलीले सम्पूर्ण सरोकारवालालाई धन्यवाद एवं आभार व्यक्त गरिन् । यो अवार्डलाई आफूले मेगा बैंक सञ्चालक समिति, संस्थापक, सर्वसाधारण शेयरधनी, ग्राहकवर्गहरु, कर्मचारी एवं समस्त सरोकारवालाको विश्वासका रुपमा लिएको उनले सुनाइन् ।
खुञ्जेली स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । ९ वर्षअघि मेगा बैंकमा नायब महाप्रबन्धकबाट सेवा प्रवेश गरेकी खुञ्जेलीले २०७५ वैशाखबाट सीईओको जिम्मेवारी सम्हालेकी हुन् ।
खुञ्जेलीको नेतृत्वमा यो अवधिमा बैंकले उल्लेख्य प्रगति गर्न सफल भएको छ भने यो बर्ष बैंक अफ दी एयरजस्तो प्रतिष्ठित सम्मानसमेत प्राप्त गरेको छ । सन् १९९१ मा तत्कालिन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्यान्डर्ड चार्टड बैंकबाट करिअर सुरु गरेकी खुञ्जेलीसँग २८ वर्ष लामो बैंकिङ करिअरको अनुभव छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago